play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

चितवनमा अहिले सम्म कोरोनाबाट ४४ जनाको मृत्‍यु

0

कार्तीक ०५, चितवनमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्‍यु भएसँगै जिल्लाभर मृतकको संख्या ४४ पुगेको हो ।कोरोनाबाट सबै भन्दा धेरै भरतपुर महानगरपालिका भित्रका संक्रमितको मृत्‍यु भएको छ । भरतपुरमा मात्रै अहिलेसम्म २६ जना कोरोना संक्रमितको मृत्‍यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । चितवनमा कोरोनाबाट ज्यान गुमाउने पहिलो व्यक्ती भरतपुरका नै हुन् ।यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट राप्ती र कालिकामा समान ५-५ तथा खैरहनी र रत्ननगरका समान ४-४ जनाको मृत्‍यु भएको छ । माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने अहिलेसम्म कोरोना संक्रमितको मृत्‍यु भएको छैन।

Share.

Leave A Reply