play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

प्युठानमा बस दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

0

कार्तिक ४ , दाङ । प्युठानको माण्डवी गाउँपालिका–२ गोलबाङमा यात्रु बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार ना ४ ख ५५६१ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खस्दा दाङ घर भएका बस चालक ४० वर्षीय तारा रानाको मृत्यु भएको छ ।

 

यसैगरी प्युठानको माण्डवी गाउँपालिका–१ तिराम बस्ने ६६ वर्षीय गोकर्ण अधिकारी, ४५ वर्षीया लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० वर्षीया बसन्ता विक घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ । घाइतेहरुलाई उपचारका लागि दाङ पठाइएको छ ।

गाउँपालिका अध्यक्ष श्रीधर रोकाका अनुसार सो बस आज बिहान दाङबाट प्युठान आएको थियो ।

Share.

Leave A Reply