बहराइनका राजकुमारसहितको टोलीले मनास्लु हिमाल पनि सफलतापूर्वक आरोहण

0

असाोज २९ , चितवन । बहराइनका राजकुमारसहितको टोलीले मनास्लु हिमाल पनि सफलतापूर्वक आरोहण गरेको छ । बहराइनका राजकुमार नासिर विन हमदसहितको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण गरेको हो । आरोहणको व्यवस्था मिलाएको सेभेन समिट ट्रेक प्रालिका सन्चालक समिति सदस्य पासाङ शेर्पाले भने, ‘बहराइनका राजकुमारसहितको टोलीले आज बिहान मनास्लु हिमाल पनि सफलतापूर्वक आरोहण गरेको छ ।

मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । यसको उचाइ ८ हजार १५६ मिटर छ । राजकुमार हमदले यसअघि १७ असोजमा रोयल फोर्स टोलीका साथ ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि आरोहण गरेका थिए । १५ जना बहराइन र ३ जना बेलायतीसहित हिमाल आरोहण गर्न गत भदौ ३१ गते नेपाल आएको बहराइनको टोलीले नेपाल सरकारबाट मनास्लु र लोबुचु हिमाल आरोहणको अनुमति पाएको थियो ।

Share.

Leave A Reply