play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता सहमति नजिक

0

असोज २३ , काठमान्डौँ ।  सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता सहमति नजिक पुगेको छ । हिजो अबेरसम्म भएको वार्ता सकारात्मक भएको र आज फेरि वार्ता हुने दुवै पक्षले बताएका छन् । हिजो दिनभरि नै चलेको छलफल सकारात्मक भएकाले आज निष्कर्षमा पुग्ने गरी वार्ता अघि बढाउने दुवै पक्षको भनाइ छ । आज हुने वार्ताको समय भने टुङ्गो लागिसकेको छैन । अस्ति सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेपछि हिजोदेखि वार्ता सुरु भएको हो । डाक्टर केसी ६ बुँदे माग राखेर १९ औं अनशनमा बस्नुभएको हो । उहाँको स्वास्थ्यमा निकै समस्या आउन थालेकाले तत्काल आईसीयूमा सार्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् । तर डाक्टर केसीले आईसीयूमा जान अस्वीकार गर्नुभएको छ । उहाँले सरकारसँग ०७५ साउन १० गते गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिएका नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग राख्नुभएको छ ।

Share.

Leave A Reply