play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

प्राध्यापक संघको चेतावनी : उप-प्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई कारवाही नगरे त्रिविका गतिविधि ठप्प पार्छौं

0

असोज २२ , काठमाडौं । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उप-प्राध्यापक प्रेमबहादुर चलाउनमाथि भएको कुटपिटको घटनाको विरोधमा प्राध्यापक संघ आन्दोलनमा उत्रिएको छ। संघले विरोध स्वरुप चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने जनाएको छ।

प्राध्यापक संघको चेतावनी : उप-प्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई कारवाही नगरे त्रिविका गतिविधि ठप्प पार्छौं

संघका सचिव कविराज पौडेलले पहिलो दिने प्लेकार्डसहित संघको कार्यालयमा आज दिउँसो विरोध प्रदर्शन गर्ने जानकारी दिए। संघको आज विहान बसेको बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो। संघमा आवद्ध वर्गीय संगठनलाई पनि आन्दोलनमा सहभागी हुन आग्रह गरिएको छ।

पौडेलले दोषी पत्ता लगाएर कारवाही नगरेसम्म विश्विवद्यालयका गतिविधि ठप्प पार्नेसम्मका विरोधका कार्यक्रम रहेको बताए। ‘दोषी पत्ता लगाएर कारवाही नगरेसम्म विश्वविद्याल ठप्प पार्नेसम्मको हाम्रो आन्दोलन छ,’ उनले भने।

समाजशास्त्र विभागका उप-प्राध्यापक चलाउनेमाथि विश्वविद्यालय भित्रै कुटपिट भएको थियो। उनी हाल मेडिसिटी अस्पतालमा उपचारत छन्। विभाग प्रमुख डा.युवराज लुइटेल नियुक्तिको विवाद नमिलेपछि चलाउनेमाथि कुटपिट भएको थियो।

नेपाल विद्यार्थी संघ (नेविसंघले) लुइटेल नियुक्ति फिर्ताको माग गर्दा विभागमा तालाबन्दी गर्दै आएकोथियो। विभाग र नेविसंघबीचको विवाद मिल्न नसकेपछि आक्रमणको घटना भएको बताएको छ।

Share.

Leave A Reply