play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

फर्जी नागरिकता बनाइदिएको आरोपमा ज्वाइँ–ससुरा पक्राउ

0

असोज २१, काठमाडौँ । सल्यानमा फर्जी नागरिकता बनाइदिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–७ जिताठानका ४६ वर्षीय मुस्ताज मियाँ र दाङको बबई गाउँपालिका–७ घर भएका २३ वर्षीय समिर मियाँ भन्ने ईमाम बक्स मियाँ छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा मुस्ताज मियाँका ज्वाइँ हुन् समिर मियाँ । ज्वाइँ समिरलाई छोरा भनेर मुस्ताजले २०७५ भदौ २४ गते छत्रेश्वरी गाउँपालिक- ७ वडा कार्यालयको सिफारिसमा नागरिकता बनाइदिएको प्रहरीले जनाएको छ ।

पकङपटक आफ्ना बाबु बिसमुल्ला मियाँलाई नागरिकता बनाइदिन आग्रह गर्दा पनि बेवास्ता गरेपछि सल्यान गएर ससुरालाई बुबा बनाएर नागरिकता लिएको समिरले प्रहरीसमक्ष बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार पक्राउमा परेका दुवै जनालाई नेपाल नागरिकता ऐन २०६४ बमोजिम कारबाही हुनेछ । पक्राउ गरेका दुवैलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप भएको छ ।

Share.

Leave A Reply