play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

तातोपानी नाका आजदेखि सञ्चालन, भित्रिए ११ कन्टेनर

0

असोज १९ , ​सिन्धुपाल्चोक। पहिरोका कारण तीन महिनादेखि बन्द भएको तातोपानी नाका आजदेखि सञ्चालनमा आएको छ ।

असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका आजदेखि सुचारु गर्ने सहमति भएसँगै नाकाबाट आयात सुरू भएको छ ।

औपचारिक रूपमा नाका आजदेखि सञ्चालनमा आए पनि चीनबाट भने आइतबारदेखि नै आयात सुरू भएको छ ।

आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।
कोरोना भाइरसको सङ्क्रमण नहोस् भन्ने उद्देश्यले तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड/अनलोड गर्ने टिम तयारी राखेको छ । उनीहरूको ५/५ दिनमा कोरोना परीक्षण गरिने व्यवस्था मिलाइएको छ ।

गत असार २५ गतेदेखि चीनसँग जोडिएको तातोपानी नाका बन्द भएको थियो ।

Share.

Leave A Reply