play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

विराटनगरकी कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा मृत्यु

0

असोज १७, मोरङ । विराटनगरकी एक कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा बिहान २ बजे मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

कोरोना पुष्टि भएर स्वास्थ्यमा समस्या देखिएकी उनलाई यही असोज ११ गते आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकोमा उपचारका क्रममा मृत्यु भएको केन्द्रका प्रमुख डा. दीपक सिग्देलले बताए ।

मृतकमा दम र खोकीको पूरानो समस्या रहेको डा.सिग्देलले जानकारी दिए ।

Share.

Leave A Reply