रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु

0

असोज १२  , रुपन्देही। रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–४, मा निर्माणाधीन राधा आचार्यको घरमा प्लास्टर गर्ने क्रममा दोगानाका ४० वर्षीय तारासिंह थारुको करेन्ट शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्लास्टर गर्ने क्रममा नांगो तारमा उनले छोएका थिए ।

करेन्ट लागेर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply