play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

बागमती प्रदेशमा दोस्रो प्रदेश युवा सम्मेलन

0

असोज १२ , काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेपालको राजनीतिक परिवर्तनमा युवाहरुले खेलेको भूमिका आफैँमा उल्लेखनीय रहेको बताएका छन्। नेपाल युवा परिषद वाग्मती प्रदेशले आयोजना गरेको दोस्रो प्रदेश युवा सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले युवा देशको आधारस्तम्भ, नवीन चेतना, विचारका सम्वाहक र परिवर्तनका अग्रगामी दस्ता भएको कुरा गरे।

कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट उक्त सम्मेलनमा वाग्मती प्रदेशभरिका १३ वटै जिल्लाबाट सहभागी भएका करिब १ सय २० जना युवालाई सम्बोधन गरे। सम्बोधनका क्रममा मुख्यमन्त्री पौडेलले कोरोनाको कारण हजारौं संख्यामा बेरोजगारी बढेको र विदेशबाट पनि लाखौं संख्यामा रोजगारी गुमाउँदै स्वदेश फर्कने कार्य रहेकोले उनीहरुलाई स्वदेशमै रोजगारीको सृजना गर्न दत्तचित्त भएर प्रदेश सरकार लागिपरेको बताए।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्रीले सम्मेलनले युवाको सवालमा महत्वपूर्ण निर्णय, ठोस कार्यक्रम तथा रचानत्मक सुझाव प्रस्तुत गर्ने विश्वास व्यक्त गर्दै प्रदेश सरकारको तर्फबाट यस अभियानप्रति ऐक्यबद्धता जनाए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहेका वाग्मती प्रदेश सभा सदस्य माननीय कल्पना नेपालीले सम्मेलनको शुभकामना व्यक्त गर्दै समाजमा व्याप्त विकृति र विसङ्गतीप्रति युवा एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन्। त्यस्तै सोही अवसरमा अर्का प्रदेशसभा सदस्य माननीय रमेश पौडेलले युवाको हकहितको लागि आफू जुनसुकै बेलामा पनि तयार रहेको बताए।

त्यस्तै नेपाल ओलम्पिक कमिटी वुमन एण्ड स्पोर्टस् कमिसनकी महासचिव बिमला सङ्ग्रौला, नेपाल पर्यटन बोर्डका पूर्वबोर्ड सदस्य कृष्णकुमार अर्याल र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कका अध्यक्ष लोचनलाल अमात्य उपस्थित थिए।

Share.

Leave A Reply