play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

विश्वका सबैलाई खोप पुर्‍याउने भारतीय प्रधानमन्त्री मोदीको वाचा

0

असोज ११ , एजेन्सी ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको भ्याक्सिन उद्योगले भाइरसविरूद्धको लडाईंमा ‘सम्पूर्ण मानवतालाई सहयोग’ गर्ने बताएका छन्।

संयूक्त राष्ट्र संघको वार्षिक महासभालाई शनिबार सम्बोधन गर्दै मोदीले भारतको विशाल खोप उत्पादन उद्योगले कोरोना महामारीविरूद्धको लडाईंमा विश्वको सेवा गर्ने जनाएका हुन्।

‘विश्वको सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक देश भएको नाताले म विश्व समुदायलाई आज अर्को एउटा आश्वासन दिन चाहन्छु’, आफ्नो रेकर्डेड सम्बोधनमा मोदीले भने ‘भारतको खोप उत्पादन र वितरण क्षमतालाई संकटको यो घडीमा सम्पूर्ण मानवसेवाका लागि प्रयोग गर्नेछौं।’

मोदीको यो प्रतिज्ञाले कोरोनाका कारण भर्चुअलरूपमा भइरहेको महासभा बैठकमा भ्याक्सिनको सर्वसुलभ उपलब्धतालाई लिएर पटकपटक उठेको चिन्तालाई छोएको छ।

खोप निर्माणपछि कम र अतिकम विकसित राष्ट्रका नागरिकको पहुँचमा खोप नपुग्ने र विकसित र धनी राष्ट्रले मात्र खोपमा पहुँच पाउने विषयमा चिन्ता व्यक्त भएकोमा विश्वको सर्वाधिक ठूलो खोप उत्पादक राष्ट्र भारतका प्रधानमन्त्री मोदीको यो सम्बोधन महत्वपूर्ण मानिएको छ।

बितेका सातामा राष्ट्रसंघ महासभामा पोप फ्रान्सिस लगायतका वक्ताहरूले खोप किन्नसक्नहरूकोमा मात्र जानसक्नेमा चासो व्यक्त गरेका थिए।

‘यदि कसैलाई प्राथमिक्ता दिनुपर्छ भने त्यो सबैभन्दा गरिब, सबैभन्दा जोखिममा रहेका र तिनीहरू जसले अक्सर विभेदको सामाना गर्दै आएका छन् उनीहरूलाई दिइनुपर्छ किनकी उनीहरूकोसँग न शक्ति हुन्छ न आर्थिक हैसियत’, सम्बोधनमा फ्रान्सिसले भनेका थिए।

मोदीको यो भनाइ देशभित्रै आफ्ना नागरिकलाई सरकारले कसरी खोप पुर्याउँछ भनेर प्रश्न उठिरहेका बेलामा आएको छ।

Share.

Leave A Reply