play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

बलात्कारीलाई हदैसम्मको कारबाही गर्न माग

0

असोज ११ , काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताएकी छन् ।

“प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गर्ने जघन्य अपराधमा संलग्न जो कोही भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न सरकारसँग माग गर्दछु,” आज एक प्रेस विज्ञप्ति जारी गर्दै भनिन् । गएका केही महिनायता देशभरि नै दलित समुदायविरुद्ध आक्रमण र हिंसाका घटनाहरु बढ्दै गएका छन् ।

रुकुम पश्चिममा नवराज विकलगायतका ६ युवाहरुको नृशंस हत्यापछि मधेसमा पनि दलित समुदायविरुद्ध हत्या र हिंसाका घटना भएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको देशव्यापी विरोध हुँदा पनि अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन सकेको छैन । देशभरि यसरी दण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसको पहिलो सिकार महिला र बालबालिका नै हुने अन्तर्राष्ट्रिय अनुभवहरुले देखाएका कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले भनिन्, “नेपालको संविधान २०७२ ले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको छ तर कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधिरहेका जनतालाई राहत दिने काम होस् वा शान्ति सुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको छ । यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख/जेठको मध्याह्‍न गर्मीमा शीतलताको अपेक्षा गर्नु जत्तिकै हो ।” -रासस

Share.

Leave A Reply