बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु, कोरोनाबाट मर्नेको संख्या ४ सय २ पुग्यो

0

असोज ०४ , चितवन ।
बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगगञ्ज उपमहानगरपालिका २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको शनिवार राति साढे ११ बजे मृत्यु भएको बाँके जिल्ला अस्पतालका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभएको छ ।

भदौ २० गते स्वास्थ्यमा समस्या आएसंगै भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका श्रेष्ठको दुबै फोक्सोमा निमोनिया भएर मृत्यु भएको बताइएको छ । योसंगै नेपालभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय २ पुगेको छ ।

हिजो मात्र स्वास्थ्य मन्त्रालयले ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । हिजो देशभर १ हजार २ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय ८ जना महिला र ७ सय ९६ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन ।

यस्तै, हिजो १ हजार ४ सय ४७ संक्रमित निको भएर घर फर्किएका छन् । अहिले सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ । यस्तै आइसियुमा १ सय ७९ जना र भेन्टिलेटरमा ३५ जना संक्रमित उपचाररत रहेका छन ।

Share.

Leave A Reply