play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

नेपाल प्रहरीमा नयाँ आचारसंहिता लागू,होच्याउने,हेप्ने,टिप्पणी गर्ने,हाउभाउ प्रकट गर्ने जस्ता क्रियाकलाप गर्न नपाईने 

0

भदौ ३१ , कााठमान्डौँ ।  नेपाल प्रहरीमा नयाँ आचारसंहिता लागू भएको छ । प्रहरी कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ र नेपाल प्रहरी कार्ययोजना २०७७ सार्वजनिक भएको हो ।

प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरी संगठनमा व्यवसायिकता नै मुख्य भएकोले त्यसैअनुसार काम गर्न निर्देशन दिनुभएको छ । आचार संहितामा अनुमति बिना विदेशी नियोग, कूटनीतिज्ञ व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका व्यक्तिसँग भेट गरेको पाइए कारबाही हुने उल्लेख गरिएको छ । त्यस्तै व्यक्तिगत स्वार्थपूर्ति वा व्यक्तिगत लोकप्रियताको नाममा सञ्चारमाध्यममा सूचना चुहावट वा सम्प्रेषण गर्न नपाइने व्यवस्था छ ।

प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार गर्दा वा व्यक्तिगत एवं पेशागत कर्तव्य निर्वाह गर्नु पर्दा अनिवार्य रुपमा सेवाग्राहीसंग कुनै प्रकारको आग्रह वा पूर्वाग्रह वाद्वेष भाव नराखी समान व्यवहार गर्ने, प्रहरी संगठन र कार्यरत कार्यालयको गरिमा बढाउने किसिमको उच्च नैतिकता देखाउनुपर्नेछ ।

प्रहरी कर्मचारीहरूले समयको पालना गर्ने, व्यक्तिगत आचरण तथा अनुशासनमा रही आफ्नो काम, कर्तव्य इमान्दारी र तत्परताको साथ पालना गर्नुपर्नेछ । जाति विशेष, लिंग विशेष, धर्म विशेष, सम्प्रदाय विशेष, शरीर विशेषका आधारमा होच्याउने, हेप्ने, टिप्पणी गर्ने, मजाक गर्ने, हाउभाउ प्रकट गर्ने जस्ता क्रियाकलाप गर्न हुनेछैन । प्रहरी व्यवसायिकतालाई आत्मसाथ गरी प्रहरी अधिकृत तथा जवानहरूबीच एकापसमा भाईचारापूर्ण एवं सुमधुर पारस्परिक सम्बन्ध कायम गर्नुपर्नेछ ।

Share.

Leave A Reply