play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पोलबाट खसेर पर्वतमा एक जनाको ज्यान गयो

0

भदौ ३० , पर्वत । विद्युत मर्मत गर्दा पोलबाट खसेर पर्वतमा एक जनाको ज्यान गएको छ । विद्युत प्राधिकरण कुश्मा वितरण शाखामा कार्यरत भोलाराम शर्माको पोलबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो । बाग्लुङका रामरेखा भएका शर्मा पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ७ खरेहामा विद्युत् मर्मत गर्दा पोलबाट खस्नुभएको थियो । उहाँलाई उपचारका लागि पर्वत अस्पताल लगिएको थियो । शर्मा विद्युत् इलेक्ट्रिसियन तेस्रो तहमा कार्यरत हुनुहुन्थ्यो ।

Share.

Leave A Reply