भदौ २९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका छन्।
सोमबार साँझ ५ बजेको बैठकमा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस र कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा नियुक्त गर्ने संभावना रहेको एक मन्त्रीले जानकारी दिए ।
कुलमान घिसिङ दोस्रो कार्यकालका लागि विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनाउने प्रस्ताव ऊर्जा मन्त्रालयले लैजाने तयारी गरेको छ।