play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

पुरानो मेडिकल कलेजमा मृत्यु भएका बिरामीमा कोरोना पुष्टि

0

भदौ ६, चितवन । चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका कोरोना संक्रमित एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ तीन गते निमोनिया भएर उपचारका लागि भरतपुर आएका ७५ वर्षीय एक वृद्धको विहीवार राति उपचारको क्रममा मृत्यु भएको थियो ।

उपचारका लागि आएलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ । तर, चितवन मेडिकल कलेजको ल्याब हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकोले रिपोर्ट सार्वजनिक गरिएको थिएन । भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमासमेत उनको रिपोर्ट पोजेटिभ आएको छ ।

उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

Share.

Leave A Reply