play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

रुसले बनाएको कोरोनाको खोप लगाउन मेक्सिकन राष्ट्रपति तयार

0

भदौ ०२  , मेक्सिको सिटी । रुसमा तयार भएको भनिएको कोभिड १९ को खोप आफू लगाउन तयार रहेको मेक्सिकोका राष्ट्रपतिले बताएका छन् ।

मेक्सिकोका राष्ट्रपति आन्द्रेज मेनवेल लोपेज ओबराडोरले उक्त खोप प्रभावकारी प्रमाणित भएमा आफू लगाउन तयार रहेको बताएका हुन् । यसअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले पनि रुसले बनाएको खोप लगाउने प्रतिक्रिया दिएका थिए ।

रुसले बनाएको कोरोनाको खोप लगाउन मेक्सिकन राष्ट्रपति तयार

‘सबैभन्दा पहिलो खोप लगाउने व्यक्तिमा म हुनेछु,’ मेक्सिकोका राष्ट्रपति ओबराडोरले बताएका छन् । रुसले गत साता मात्रै कोभिड १९ को भ्याक्सिन तयार पारेको भन्दै दर्ता गरिसकेको छ । उक्त खोपको उत्पादन पनि हुन थालेको बताइएको छ ।

तर अन्य देशका विज्ञले यसको विश्वसनीयतामाथि आशंका र प्रश्‍न पनि गरेका छन् । रुस वाहेक चीन, अमेरिका लगायत विभिन्‍न देशका १ सय भन्दा धेरै स्थानमा कोभिड १९ को खोप परीक्षण भइरहेको छ । तर आम जनताको स्तरमा खोप पुग्न २०२१ नै लाग्ने बताइएको छ ।

Share.

Leave A Reply