play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

सेनाका सहायक रथीसहित तीन जना बर्खास्त

0

साउन ३२, काठमाण्डाै । नेपाली सेनाले सहायक रथी प्रयोग जबरासहित तीन जनालाई बर्खास्त गरेको छ । समरी जनरल सैनिक अदालतले सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुबेदार मिठुराम विश्वकर्मालाई बर्खास्त गरेको हो ।

उनीहरुलाई सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनीहरुमाथि पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोग लागेको थियो ।

यस्तै सैनिक अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डेलाई सफाइ दिने फैसला गरेको छ । पाण्डेले यसअघि नै अवकाश लिइसक्नु भएको छ ।

Share.

Leave A Reply