सिनर्जी डेक्स, साउन ३१ गते ।
चितवन साहित्य परिषद्ले वितरण गर्दै आएको यसपटक ‘चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार २०७६’ आख्यानकार वसन्त पराजुलीलाई प्रदान गरीने भएको छ । पूर्व सिनर्जी कर्मी समेत रहेका पराजुली दुई दशक देखि चितवन बाट पत्रकारीता गर्दै आएका छन्।
चितवन साहित्य परिषद्ले वितरण गर्नेे यो पुरस्कार वसन्त पराजुली संगै वीरगञ्जका गणेशप्रसाद लाठलाई पनि प्रदान गरिने छ । पराजुलीको कथासंग्रह ‘कुमाता’ र लाठको उपन्यास ‘अघटित’ लाई उक्त पुरस्कार दिने निर्णय भएको चितवन साहित्य परिषद्ले जनाएको छ ।
परिषद्का पूर्वअध्यक्ष साहित्यकार स्व.राजकृष्ण कँडेलको स्मृतिमा उहाँका परिवारजनद्वारा परिषद्ले वितरण गर्नेगरी स्थापना गरिएको उक्त पुरस्कारको राशि रु १५ हजार ४५ रुपैयाँ र सम्मानपत्र रहेको परिषद्ले जनाइएको छ ।