play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा नेपाललाई एक स्वर्णसहित तीन पदक

0

साउन २०, काठमाडौं। नेपालले एक अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा एक स्वर्णसहित कुल तीन पदक जितेको छ । ओङ्स तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न फ्लोरिडा ओपन च्याम्पियनसिपमा नेपालले एक–एक स्वर्ण, रजत तथा कास्यपदक जितेको हो ।

च्याम्पियनसिपमा अष्ट्रेलिया, क्यानडा, अमेरिकी, फिलिपिन्स, मलेसिया, सिंगापुर, डेनमार्क र स्लोभानियालगायत राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । नेपालका लागि राजु नगरकोटीले स्वर्ण, सञ्जीव नेपालले रजत र सन्दीपा अमगाईंले कांस्य पदक दिलाएका हुन् ।

राजुले आयोजक राष्ट्रका पाब्लो अबलुजालाई पराजित गर्दै ५० वर्षमुनि उमेर समूहको पुम्सेमा स्वर्ण जित्न सफल भए । राजुले कुल ५.७६७ अंक प्राप्त गर्दा पाब्लोले ५.४६७ अंक बटुलेका थिए ।

४० वर्षमुनि उमेरसमूहको पुम्सेमा सञ्जीवले रजतपदक जिते । अमेरिकाका गिलबर्ट जामेनासँग उनी हारेका हुन् र गिलबर्टले ६.६६० अंक र सञ्जीवले ५.८३३ अंक पाएका थिए ।

Share.

Leave A Reply