play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

राष्ट्रिय गौरवका आयोजनामा स्रोत कमी हुन्न

0

साउन १५ , काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय गौरवका आयोजनाहरूका लागि अन्य शीर्षकबाट रकमान्तर गरेर भए पनि बजेट सुनिश्चित गर्ने बताउनुभएको छ । “म अर्थमन्त्रीको हैसियतले के भन्छु भने राष्ट्रिय गौरवका आयोजनाको स्रोत अन्यत्रबाट बजेट रकमान्तर गरेर भए पनि सुनिश्चित गर्छौं, स्रोतको अभाव हुँदैन,” उहाँले भन्नुभयो ।

2020-07-30-19461
“राज्यका निकायहरूसँग पनि छलफल गरेर बजेट सहयोग लिएका छौँ, त्यहाँबाट भए पनि गौरवका आयोजनाहरूमा स्रोतको अभाव हुन दिने छैन,” उहाँको भनाइ छ । राष्ट्रिय गौरवका आयोजनाहरूकोे कामकारबाही र आयोजनालाई अगाडि बढाउन देखिएका समस्याबारे छलफल गर्न राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा बुधबार आयोजित बैठकमा मन्त्री खतिवडाले गौरवका आयोजनाहरूको सञ्चालन तथा ठेक्कापट्टा अगाडि बढाउन स्रोतको अभाव हुँदैन भन्नुभयो ।
“गत आर्थिक वर्षको अन्त्यमा राजस्व र खर्चको स्थिति मूलतः सन्तुलित भएको छ, धेरै घाटामा जानुपरेको छैन बरु १०÷१५ अर्ब रुपियाँ चालू आर्थिक वर्षका लागि बचाइएकै होला,” सरकारका प्रवक्तासमेत रहनुभएका डा. खतिवडाले भन्नुभयो, “त्यसैले आयोजनाहरूमा स्रोतको अभाव हुने छैन, कामलाई अघि बढाउन सम्बन्धित मन्त्रालयका सचिवहरूलाई मेरो अनुरोध छ ।”
राष्ट्रिय गौरवका आयोजनाहरूका लागि कोरोना कुनै बहाना हुन नसक्ने स्पष्ट पार्दै उहाँले कोभिडभन्दा अगाडिका कुनै समस्या छ भने त्यसमा छलफल गरौँ, कोभिड कुनै बहाना हुन सक्दैन भन्नुभयो । अर्थमन्त्री डा. खतिवडाले सञ्चालनमा रहेका आयोजनाहरूमा कोरोना भाइरसका कारण बजेटको अभाव हुन
नदिने बताउनुभयो ।

व्यावसायिक रूपमा सम्भाव्य हुने आयोजनाहरूमा ‘निजी सार्वजनिक साझेदारी’ ढाँचामा अगाडि बढ्न सक्ने बताउँदै उहाँले अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण आयोजना, विद्युत्सम्बन्धी आयोजनाहरूको निर्माण ‘निजी सार्वजनिक साझेदारी’ ढाँचामा जान खोजिएको उहाँले स्पष्ट पार्नुभयो । पश्चिम सेती, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणजस्ता आयोजनाहरूमा ‘फाइनान्सियल क्रोजर’को विषयमा केही समस्या देखिएको बताउँदै उहाँले साझेदारीको मोडेलबारे स्पष्ट नहुँदा पनि केही आयोजना अगाडि बढाउन समस्या देखिएको स्पष्ट पार्नुभयो । राष्ट्रिय गौरवका आयोजनाहरू कहिले सम्पन्न हुन्छ भन्ने सांसदहरूको जिज्ञासामा उहाँले भन्नुभयो, “राष्ट्रिय गौरवका प्रायः आयोजनाहरू दीर्घकालीन प्रकृतिका नै रहेका छन्, दुई–तीन वर्षमा सम्पन्न हुन सक्ने आयोजना कम नै छन्, कतिपय आयोजना कहिल्यै सम्पन्न हुने प्रकृतिका हुँदैनन्, त्यसमा थप काम भई नै रहन्छ ।” राष्ट्रिय गौरवका आयोजनाहरूमा अब परिणाम देखिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

विदेशी सहायतामा आश्रित केही आयोजनाहरूमा केही समस्या हुने गरेको चर्चा गर्दै उहाँले विदेशी निकायहरूले राख्ने गरेका सबै सर्त पूरा गर्न सक्ने अवस्था सधैँ नहुने भएकाले केही आयोजनाहरू कार्यान्वयनमा ढिलाइ हुने गरेको स्पष्ट पार्नुभयो । कतिपय आयोजनाहरू कानुनी जटिलताका कारण पनि ढिलाइ हुन गएको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply