लमजुङमा जिप दुर्घटना, सातजना घाइते

0

साउन ४,  लमजुङ । बेंसीशहर नगरपालिका–१ गाईखुरे झरना नजिकै शनिबार साँझ जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गाईखुरे झरनाबाट फर्कने क्रममा ग३च १५२५ नम्बरको बोलेरो जीप सडकबाट तल खसेको हो । दुर्घटनामा बेंसीशहर नगरपालिका–८ नारायणस्थानमा बस्दै आएका ४२ बर्षीय बालकृष्ण श्रेष्ठ र उनका परिवारका पाँच जना, छिमेकी र आफन्तसहित सात जना घाइते भएका छन् ।

बालकृष्णले चलाएको जिप सडकबाट करीब १५ मिटर तल खस्दा उनकी ३५ बर्षीया श्रीमती सीता श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाका अनुसार गम्भीर घाइते सीतालाई लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि मेडिकल कलेज चितवन रिफर गरिएको छ । घाइते हुनेमा बालकृष्णका ६ बर्षीय छोरा विनायक श्रेष्ठ, १३ बर्षीया छोरी स्मृति श्रेष्ठ, ११ बर्षीया छोरी स्नेह श्रेष्ठ, बालकृष्णका भाइको छोरा आठ बर्षीय युनिक श्रेष्ठ र छिमेकी गोविन्द श्रेष्ठको छोरी १३ बर्षीया स्मृति श्रेष्ठ रहेका छन् । घाइते पाँच जनाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले बताए । गाईखुरे झरनामा परिवारसहित घुमेर फर्कने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply