play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

विद्युत महसुल काउण्टर पाँच दिन बन्द हुने

0

असार ३१, भरतपुर । नेपाल विद्युत प्राधिकरणको महसुल संकलन गर्ने सबै काउण्टरहरु असार ३१ (आज) देखि पाँच दिनसम्मको लागी बन्द भएका छन् । एम पावर विलिङ सिस्टममा साउन १ गतेदेखि लागु हुने विद्युतको नयाँ महसुल दर अद्यावधिक गर्नुपर्ने भएकाले साउन ४ गतेसम्मको लागी देशभरका महसुल काउण्टर बन्द गरिएको प्राधिकारणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ ।

असार महिनाको खपत अर्थात साउन १ गतेदेखिको मिटर रिडिङमा लागु हुनेगरी विद्युत नियमन आयोगले नयाँ महसुल दर निर्धारण गरेको छ ।

नयाँ महसुल दर यस्तो

५ एम्पियर लाइन लिएर न्यनतम मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ ।

उनीहरुलाई विजुली भने निःशुल्क दिइने भएको छ । ५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्ने छ । प्रतियुनिट शुल्क ३ रुपैयाँ कायम भएको छ । २१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ इनर्जी शुल्क र ६.५० रुपैयाँ प्रतियुनिट विद्युत महसुल हिसाव गरेर तिर्नुपर्नेछ । ३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने छ ।

५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र ९.५ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने भएको छ । त्यसैगरी १०१ देखि १५० युनिटसम्म खपत गरेमा घरेलु ग्राहकले १०० रुपैयाँ डिमान्ड शुल्क र ९.५० रुपैयाँ प्रतियुनिट शुल्क तिर्नुपर्ने भएको छ । १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १२५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट महसुल तोकिएको छ । २५१ देखि ४०० युनिटसम्म खपत गर्दा १५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट महशुल तिनुपर्ने हुन्छ । ४०० युनिटभन्दा माथि विजुली खपत गर्ने घरासयी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियनिट विजुली महसुल तिर्नुपर्ने छ ।

Share.

Leave A Reply