play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

वीरगञ्जमा उपचाररत चार जना संक्रमित कोरोनामुक्त, भोलि डिस्चार्ज गरिने

0

२०७७ वैशाख १३ , वीरगञ्ज । वीरगञ्ज स्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रपोर्ट नेगेटिभ आएको हो ।

पीसीआर परीक्षणका लागि चार जना संक्रमितको स्वाबको नमूना संकलन गरी शुक्रबार हेटौंडा स्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । शनिबार साँझ रिपोर्ट नेगेटिभ आएको जानकारी प्रयोगशालाले अस्पताललाई दिएको छ ।

चारै जनाको चौथो रिर्पाेट पनि नेगेटिभ आएपछि उनीहरुलाई आइतबार डिश्चार्ज गरिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘डिस्चार्जका लागि अन्तिम रिपोर्टको पर्खाइमा थियौं, रिपोर्ट नेगेटिभ आएको कागज मेरो हातमा आएको छ,’ उनले भने, ‘ संक्रमितको स्वास्थ्य अवस्था पनि सामान्य छ, संभवत भोलि डिस्चार्ज गर्छौ ।’

नारायणी अस्पतालमा सर्लाहीका एक संक्रमित पनि उपचाररत छन् । सर्लाहीका संक्रमितलाई छुट्टै आकस्मिक कक्ष माथिको आइसोलेसनमा राखिएको छ ।

Share.

Leave A Reply