play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

मानविय सेवामा सुनचाँदी ब्यावसायी संघ चितवन

0

बैशाख०७

 लकडाउनका कारण अप्ठ्यारोमा परेका नारायणगढ बजारभित्र रहेर दैनिक ज्यालामजदुरि गर्ने मजदुरहरूलाई नि शुल्क खानाको ब्यवस्था गरिएको छ। र आज नवौं दिन पनि नेपाल सुनचाँदि ब्यावशायी संघ, चितवनले निसुल्क खानाको ब्यवस्था गरेको हो।

 

दैनिक करिव १४० जना गरि आज सम्म ११०५ जानालाई संघले खाना बितरण गरेको सुनचाँदी ब्यवसायि संघ चितवनका अध्यक्ष टेक बहादुर बि कले बताए ।नेपाल सुनचाँदि ब्यवसायि संघ चितवन , सुनचाँदी बचत तथा ऋण सहकारी सस्था , बिश्वकर्मा बचत तथा ऋण सहकारि सस्था तथा बिश्वकर्मा सुनचाँदी ब्यवसायि संजाल चितवनको सयुक्त आयोजनामा उद्योग वाणिज्य संघ नारायणगढको परिसरबाट खाना वितरण भैरहेको सुनचाँदि बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष बावुराम रामदामले जानकारि गराए ।

यो संकटको घडिमा मानविय सेवा गर्न पाउँदा आफुहरूलाई आत्मा संतुष्टी मिलेको र अझै पनि लक डाउन अवधि भरि अप्ठ्यारोमा परेकाहरुलाई निरन्तर खाना वितरण गरिने बिश्वकर्मा बचत तथाा ऋण सहकारि सस्थाका अध्यक्ष बिपिन रामुदामुले बताए । मानविय सेवा प्रती सदैव सुनचाँदी ब्यवसायी संघ चितवन लागिरहेने युवा ब्यवसयि शंकर ईशु पोख्रेलले जानकारि गराएका थिए ।

Share.

Leave A Reply