play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

कोरोनाको महामारी नफैलिने आधार तयार भएको छ : मुख्यमन्त्री पौडेल

0

हेटौंडा चैत २४ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको बताएका छन् । सोमबार एक सन्देश जारी गर्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारका परिपक्व, दूरगामी तथा प्रभावकारी कदम, प्रदेश र स्थानीय सरकारको सक्रियता तथा आमनागरिकको विवेकपूर्ण भूमिकाका कारण नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको बताएका हुन् ।

 

‘कोरोना भाइरसका कारण साधन स्रोतले सम्पन्न भएका र आर्थिक रुपमा समेत सशक्त देशलाई हायलकायल पारिरहँदा यो भाइरस नेपालमा प्रवेश गरे लाखौंमा सङ्क्रमण फैलने र हजारौँ मानिस मारिन सक्ने चर्चापरिचर्चा भएकै हो तर प्रधानमन्त्री ओली नेतृत्वको सरकारका परिपक्व, दूरगामी तथा प्रभावकारी कदम, प्रदेश र स्थानीय सरकारको सक्रियता तथा आमनागरिकको विवेकपूर्ण भूमिकाका कारण नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको छ,’ सन्देशमा भनिएको छ ।

 

‘यद्यपि संसारलाई त्रसित बनाइरहेको कोरोना भाइरसका कारण आइपर्ने सम्भावित महामारीको त्रासदी कायम नै छ तर सरकार कोरोनाविरुद्ध हरतरहले तयार भइसकेको छ, केही महिनाअघिसम्म पनि कोरोना परीक्षणका लागि बिरामीको स्वाब (नमूना) सङ्कलन गरेर तेस्रो मुलुकमा पठाउनुपर्थ्यो, केही दिनअघिसम्म मात्र पनि देशभरिबाट सङ्कलित नमूनाको केन्द्रीय प्रयोगशाला टेकुमा मात्र परीक्षण गर्नुपर्ने बाध्यता थियो, टेकुमा मात्र सीमित रहेको ल्याब अब देशका सातै प्रदेशमा उपलब्ध भइसकेको छ,’ पौडेलले सन्देशमार्फत भनेका छन् ।

Share.

Leave A Reply