play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

विश्व वरीयतामा नेपाली महिला भालिबल टोली ८६औं स्थानमा

0

काठमाडौं, चैत २० । विश्व वरीयतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६औं स्थानमा रहेको छ ।

अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीबी) ले बिहीबार सार्वजनिक गरेको विश्व वरीयतामा नेपाल यथावत् रहँदै सो स्थानमा रहन सफल भएको हो ।

नयाँ वरीयतामा नेपालको ५७ अंक रहेको छ ।

वरीयताको शीर्ष स्थानमा भने चीन रहेको छ । त्यसैगरी, अमेरिका दोस्रो स्थानमा छ भने ब्राजिल तेस्रो, इटाली चौथो र टर्की पाँचौं स्थानमा छन् ।
नेपाली महिला भलिबल टोली एसियाली राष्ट्रको वरीयतामा भने १७औं स्थानमा रहेको छ ।

पुरुषतर्फको वरीयतामा भने नेपाल १३६औं स्थानमा रहेको छ । नेपालको ५० अंक छ ।

पुरुषको वरीयतामा ब्राजिल पहिलो स्थानमा छ भने पोल्यान्ड दोस्रो, अमेरिका तेस्रो, रुस चौथो र अर्जेन्टिना पाँचौं स्थानमा छन् । एसियाको वरीयतामा नेपालको पुरुष टोली २७औं स्थानमा रहेको छ । रासस

Share.

Leave A Reply