
विवेक पोख्रेल, भरतपुर । माघ १८ ।
पहिलो पटक नवलपुरमा सम्पन्न् टेम्पल टाईगर गल्फ टुनामेन्ट्र २०२० को पुरुष तर्फको उपाधि पूर्व सेनापती गौरव शमशेर जङ्गबहादुर राणाले जितेका छन् । खेलपर्यटनको विकास गर्ने उद्धेश्यले चौधरी गुरुपको टेम्पल टाईगर ग्रिन जंगल रिर्सोटले नवलपरासीको दुम्कौलीमा रहेको सिजी गल्फ रिट्रिट शनिवार गल्फ टुनामेन्ट्र आयोजना गरेको थियो । जहाँ ९ जना महिला सहित ३७ जनाले सहभागीता जनाएका थिए ।

उक्त गल्फ टुनामेन्ट्रको पुरुष तर्फ जर्नेल सुदरसन सिलवाल उप–विजेता बने । उता महिला तर्फको गल्फ टुनामेन्ट्रको उपाधि गीता गुरुङ्गले जितेकी छिन् । प्रतियोगीताको महिला तर्फ उप विजेताको उपाधि भने रिता थापा जितिन्न् । गल्फ टुनामेन्ट्रमा सहभागीहरुलाई विभिन्न विद्यामा पुरस्कार समेत वितरण गरिएको थियो । उनीहरुलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो ।

टेम्पल टाईगर ग्रिन जंगल रिर्सोटका कार्यकारी अध्यक्ष बसन्त राज मिश्रका अनुसार चितवन र नवलपुरमा गल्फ खेल संग पर्यटन जोड््न सकिने उद्येश्य सहित प्रतियोगीता आयोजना गरीएको बताए । उनले भने पर्यटन वर्ष २०२० मनाउदै गर्दा वाइल्ड लाईफ पर्यटन संगै दिगो पर्यटन विकासको लागि खेल आवश्यक छ । रिर्सोटले खेल पर्यटन विकास गर्ने हेतुले प्रतियोगीता आयोजना गरेको बताउदै यसको लागि पहिलो चरणमा आफुहरु सफल भएको समेत दाबी गरे । पर्यटन विकासका लागि गल्फ खेल संगै यस्ता प्रतियोगीतालाई निरन्तरता दिने बताउदै विश्वमै सम्भ्रान्त वर्गले खेलने खेलको रुपमा परिचीत गल्फ खेल खेल्ने पर्यटकरु नेपाल भित्र्याउन सकेमा आर्थिक रुपमा समेत टेवा पुग्ने उनको विश्वास छ । उनका अनुसार गल्फ खेल खेल्न आउने पर्यटकहरुले अन्य पर्यटको तुलनामा २० प्रतिसत रकम बढि खर्च गर्ने गर्छन् । यसको लागि नेपालीहरुको पनि यस खेलको पहुच बढाउन आवश्य छ , हामीले त्यसलाई नै ध्यानमा राखेर देश भित्रकै खेलाडिहरु विचमा टुनामेन्ट्र गरेका हौँ– मिश्रले भने ।

नवलपरासीको दुम्कौलीमा रहेको सिजी गल्फ रिट्रिटमा २००३ मा गल्फको शुरु भएको भए पनि साधारणको लागि २ वर्ष अघि देखिमात्र खेल्ने व्यवस्था गरीएको थियो । काठमाडौं, पोखरा र धरानमा गल्फ टुनामेन्ट्र हुने गरेको भए पनि नवलपुर जिल्लामा पहिलो पटक गल्फ टुनामेन्ट्र भएको हो । सिजी गल्फ ९ होलको छ । सम्भ्रान्त वर्गमा लोकप्रिय यो खेल्न प्रायः नेपालमा भारत, मलेसीया र भुटान बाट पर्यटकहरु आउने गर्दछन् ।


