पुस २६, उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा नया टूईष्ट आएको छ ।यस अघि अध्यक्षका उमेद्वार राजु श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षका लागि चुननारायण श्रेष्ठले उमेद्वारी दर्ता गराएपनि अन्तत श्रेष्ठ ज्ञानेन्द्रमान शाक्यको प्यानलमा प्रवेश गरेका छन् ।यस अघि निर्वाचन प्रक्रिया अन्तरगत हिजो भएको मनोनयन दर्ताको क्रममा अध्यक्षमा राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्यले उम्मेद्वारी दर्ता गराएका थिए ।यस्तै संघको तीन जना उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।

उद्योग तर्फको उपाध्यक्षमा चिरञ्जीवि सुवेदी, वाणिज्य तर्फ सुमन कुमार श्रेष्ठ र वस्तुगत कर्पोरेट, क्षेत्रीय संगठित सदस्यतर्फको उपाध्यक्षमा भोजराज कौडेल निर्विरोध निर्वाचित भएका छन् ।यस्तै सदस्यहरुमा भने निर्वाचन हुने भएको छ । उद्योग तर्फको कार्यसमिति सदस्यमा अशोक अधिकारी, इ.कृष्णप्रसाद रिजाल, दुर्गाप्रसाद गौतम, विनोद पौडेल, भानुभक्त न्यौपाने, योगिता पिया, लिलबहादुर क्षेत्री, सोमप्रसाद काप्रीले उम्मेद्वारी दिएका छन् ।त्यस्तै वाणिज्यतर्फ सदस्यमा आनन्दराज राउत, चेतनारायण सापकोटा, थिरप्रसाद धिताल, पाण्डव ढकाल, बद्री पौडेल, राजेन्द्र सिग्देल, लक्ष्मी रिमाल पौडेल, विकास थापा, शिवप्रसाद ओझा, ज्ञानुप्रसाद ओझाले उम्मेद्वारी दर्ता गराएका छन् ।यसैगरि वस्तुगत सदस्यतर्फ इश्वरीप्रसाद खराल, तारानाथ पाठक, दुर्गादत्त कँडेल, धनप्रसाद पोख्रेल, विनोदप्रसाद तिमिल्सिना, शर्मिला न्यौपाने, हेमराज पौडेलले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै महिला सदस्यमा समेत निर्वाचन हुने भएको छ । एक जना महिला सदस्यका लागि विमला अधिकारी र रजनी मास्केको उम्मेद्वारी परेको छ ।