play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

स्वास्थ्यमा ‘समस्या’ देखिएपछि प्रधानमन्त्री ओली अस्पतालमा

0

मंसिर २४, प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि अस्पताल पुगेका छन् ।

आज साँझ स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उहाँ पुग्नुभएको हो। प्रधानमन्त्री ओली निकट स्रोतका अनुसमार आज दिउँसो नै उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो ।

ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अपराह्न मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आईसीयू खाली गर्न लगाइएको थियो । आज अस्पताल पुगेका प्रधानमन्त्री ओलीका आईसीयूमै राखेर उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ ।

चिकित्सकका अनुसार सम्भवतः आजनै प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस गरिनेछ ।

Share.

Leave A Reply