play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

साफ यू–१८ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्दै

0

आश्विन,३ ।
तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप आज सुरु हुदैछ । उद्घाटन खेलमा साविक विजेता समेत रहेको आयोजक नेपालले माल्दिभ्ससंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । एपीएफको हलचोक मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । समुह एमा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसंग खेल्नेछ । समुह बीमा रहेको भारत, श्रीलंका र बंगलादेश छन् । समुहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन् । यसअघि नेपाल र भुटान भएको अघिल्ला दुई संस्करणको प्रतियोगिता नेपालले जितेको थियो । सहज समुहमा परेको नेपाललाई सेमिफाईनल पुग्न कठिन हुने छैन । सेमिफाईनल प्रवेश गरेपछि नेपालले कडा प्रतिद्वन्दी भारत र बंगलादेशसंग खेल्नुपर्नेछ ।

Share.

Leave A Reply