असोज,३ ।
नेकपा अध्यक्ष प्रचण्डले नागरिकको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन केही अराजक तत्वहरू लागि परेको आरोप लगाउनुभएको छ । उहाँले यस्ता तत्वहरूले भ्रम सिर्जना गरेकाले यसको प्रतिवादमा उत्रन सम्पूर्ण नागरिक एकताबद्ध हुनु आह्वान पनि गर्नुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्थातर्फ अघि बढ्न मार्ग प्रशस्त गरेकाले अब परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्ने बताउनुभयो । उहाँले संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको स्मरण गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको पनि बताउनुभएको छ ।
नागरिकको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन केही अराजक तत्वहरू लागि परे -प्रचण्ड
0
Share.