काठमाडौं, असोज २ । ईन्डो–नेपाल पिकलबल च्याम्पियनसिप शुक्रबारबाट हुने भएको छ । ग्यालेक्सि स्कुलमा दुई दिन सम्म संचालन हुने प्रतियोगितामा नेपालका २० र भारतका २० गरि ४० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । पुरुष र महिला गरि एकल तथा युगल एवं मिश्रित जोडी गरि पाँच विधामा प्रतिस्पर्धा गराईने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराए । अमेरिकाबाट सुरु भएको तथा युरोप, एशिया र दक्षिण एशियाको भारतमा समेत चर्चित भईसकेको खेल नेपालमा पनि विकास र विस्तार गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको एशियन पिकलबल संघका महासचिव अमित कुमार राणाले जानकारी गराए । नेपालले यस अघि देहरादुनमा ईन्डो–नेपाल पिकलबल च्याम्पियनसिपमा सहभागिता जनाई सकेको छ । ब्याडमिन्टन, टेनिस र टेवलटेनिसको मिश्रीत रुप रहेको यस खेल ब्याडमिन्टन कोर्टमा टेनिसको झै नेट र टेबलटेनिसको जस्तै फाईबरको र्याकेटको प्रयोगले खेलको लागि निर्मित प्लास्टिकबलले टेनिस जस्तै गरि खेलिने छ । टेबलटेनिसमा जस्तै ११ अंकका आधारमा खेलाईने छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.