play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न अर्थमन्त्रीको आग्रह

0

 

काठमाडौं, असोज २ । अर्थमन्त्री डा।युवराज खतिवडाले मुलकको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न संचार माध्यामहरुलाई आग्रह गरेका छन् ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको बुझाई त्यत्ति सजिलो नभएकोतर्फ पनि संचार माध्यामहरुलाई सचेत गराए ।

आफूले नीति, निर्माणको तहमा २५र३० वर्ष बिताएर पनि अर्थतन्त्रका कोरा सिद्धान्तहरु किन पालना हुँदैनन रु भन्ने अझै बुझ्न नसकेको भन्दै मन्त्री खतिवडाले अर्थतन्त्रबारे नबुझिकन हल्का टिप्पणी गर्न नमिल्ने तर्क गरे ।

बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा निर्माण गरिएको भन्सार विभागको भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सर्वमान्य सिद्धान्तहरु असफल हुँदै गएको र त्यसको ठाउँमा नयाँ सिद्धान्तको प्रयोग हुन थालेकाले अर्थतन्त्रको कुन मोडल ठिक हुन्छ रु भनेर एकीन गर्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।

मन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन भन्सारलगायतका शुल्कहरुको व्यवस्थालाई कसरी परिचालन गर्ने भन्ने कुरामा पनि परिवर्तन गर्दै लैजानुपर्ने अवस्था रहेको बताए ।

अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढदै गईरहेका बेला खुला अर्थतन्त्र मुलुकका लागि उपयुक्त हुनेरनहुने बहसको विषय भएको पनि बताए । उनले मुलुकको आर्थिक गतिविधिलाई बढावा दिन सरकारले सुशासनमा जोड दिएको पनि बताए ।

Share.

Leave A Reply