play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

0

काठमाडौं, असोज २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ९बिहीबार० स‌ंसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले सरकारले गरिरहेका काम तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा बोल्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले खबरहबलाई जानकारी दिए ।

अधिकारीले भने, ‘प्रधानमन्त्रीले संसदमा सम्बोधन नगरेको लामो समय भएको थियो । उहाँले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले सरकारले गरिरहेका काम कारबाही, समसामयिक घटनाक्रम र सांसदले राखेको जिज्ञसाको जवाफ दिनुहुनेछ ।’

संसदमा सम्बोधन गर्न प्रधानमन्त्री ओली दिउँसो साढै २ बजे संसद भवन पुग्नेछन् । स्वास्थ्य समस्याका कारण सार्वजनिक कार्यक्रममा कम सहभागी भएका प्रधानमन्त्री ओली बुधबारदेखि सक्रिय भएका छन् ।

Share.

Leave A Reply