play_circle_outline On Air

स्वुईट होम

play_circle_outline On Air

स्वुईट होम

नारायणीको पुलबाट हाम फालेर एक युवक वेपत्ता

0

चितवन,असोज,१ ।
नारायणी नदिमा हाम फालेर एक युवक वेपत्ता भएका छन् । आज विहान नारायणी नदि पुलबाट हाम फालेका भरतपुर महानगरपालिका ११ मालपोत चोकका २५ बर्षिय उदार पौडेल वेपत्ता भएका हुन् । वेपत्ता पौडेलको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । हामफाल्ने युवाको पछिपछि आएका अर्का एक युवाले तानेर रोक्ने प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् । पुलको पश्चिम पटिबाट हाम फाल्न खोजेका युवालाई अर्का एक युवाले रोकेपनि ति युवा भागेर पूर्व पटिबाट हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् । युवा हाम फाले लगतै एक युवती आएर ठूलो स्वरमा कराउदै रोएकी थिइन् ।

Share.

Leave A Reply