play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

दशैँका लागि ३ हजार खसीबोका र च्याङग्रा काठमाण्डौ ल्याउने

0

असोज,१ ।
यो वर्षको दशैँका लागि नेपाल खाद्य संस्थानले पोहोरको भन्दा दोब्बर बढी खसीबोका र च्याङग्रा काठमाण्डौ ल्याउने भएको छ । गएको वर्ष खसीबोका र च्याङग्रा गरी १२, १३ सयको हाराहारीमा ल्याएकोमा यो वर्ष एक हजार खसीबोका र २ हजार च्याङग्रा गरी ३ हजार खसीबोका र च्याङग्रा ल्याउन लागिएको संस्थानका अर्थ तथा आर्थिक विभागका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिनुभयो । यो वर्ष दाङ र हेटौँडाबाट खसीबोका र मुस्ताङबाट च्याङग्रा ल्याउने तयारी भैरहेको उहाँले बताउनुभयो । दशैँको बेला काठमाण्डौमा ५० देखि ६० हजार खसीबोका र च्याङग्राको माग हुने गरेको छ ।

Share.

Leave A Reply