भदौ, ३१ ।
सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरिएको छ । सिम्रिक एयरका २ वटा, मनाङ एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरिएको छ ।
मौसममा खराबी आएपछि हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो । चारवटै हेलिकप्टर पाँचखाल नगरपालिका–२ मा धानखेतमा अवतरण भएका हुन् । मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६र६ जनाका दरले १८ जना र कैलाश हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु सवार रहेका थिए ।