दाङमा करेन्ट लागेर एक जनाको ज्यान गयो

0

भदौ,३० ।
दाङको घोराहीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका– १६ गुर्जेखोलाको पुल नजिकै पुल निर्माणको काम गर्न बसेका शिवराज चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति केरेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका–६ का २३ वर्षीय शिवराज चौधरीको ज्यान गएको प्रहरी उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो । दाहिने हातमा करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको हो ।

Share.

Leave A Reply