भदौ,३० ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई विमानभित्र दुर्व्यवहार अभियोगमा ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा राखेको छ । शाहीलाई हिजो साँझ ललितपुर प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो । यसअघि हिजो नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईमाथि दुर्व्यवहारबारे जानकारी दिन पुल्चोकमा भएको पत्रकार सम्मेलनमा शाहीमाथि हातपात भएपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो । एकछिन नियन्त्रणमा लिएर छोडेको प्रहरीले राति फेरि समातेर हिरासतमा राखेको हो । उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भएकाले हिरासतमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई पक्राउ पूर्जी जारी गरेर हिरासतमा राखिएको हो । शाहीलगायतकाले शनिबार मन्त्री भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट विमान उड्न ढिलो भएको भन्दै विमानभित्रै अभद्र व्यवहार गरेका थिए ।
ज्ञानेन्द्र शाही पुनः प्रहरी हिरासतमा
ज्ञानेन्द्र शाही पुनः प्रहरी हिरासतमा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु