play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

बिजुलीको पैसा बढी लिने घरबेटीहरुलाई कारवाही गर्ने कुलमानको चेतावनी

0

नेपाल विद्युत प्राधिकरणले भाडावालसँग चर्को दरमा विद्युत महशुल नउठाउन घरबेटीहरुलाई सचेत गराएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मिटर बिलमा उल्लेख गरिएको भन्दा बढि महशुल भाडावालसँग घरबेटीहरुले लिने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएका हुन् ।
उनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मिटर बिलमा उठेभन्दा बढी महशुल घरबेटीलाई नबुझाउन भाडावालहरुलाई पनि आग्रह गरे । नेपाल विद्युत प्राधिकरणको मिटर बिलमा उल्लेख गरिए भन्दा बढि भाडा लिन नपाउने कानुनी व्यवस्था रहेको पनि कार्यकारी निर्देशक घिसिङले स्पष्ट पारे । प्राधिकरणले विद्युत महशुल आफ्नो वेबसाईटमा उल्लेख गरिएकाले त्यसमा हेरेर त्यसको महशुल थाहा पाउन पनि उपभोक्ताहरुलाई आह्वान गरेको छ ।

प्राधिकरणले आगामी चैत्र महिना भित्र ४५६ मेघावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि बनाएको छ । त्यसैगरी १११ मेघावाटको रसुवागढी जलविद्युत आयोजना, १४ दशमलव ८ मेघावाटको माथिल्लो सान्जेन विद्युत आयोजना र निजी क्षेत्रका आयोजनाहरु समेत गरेर चालू आर्थिक वर्ष भित्र एक हजार मेघावाट विद्युत थप गर्ने योजना पनि तय गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

Share.

Leave A Reply