play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

सिनर्जी एफएममा बाल कवि सम्मेलन सम्पन्न, महेश संस्कृत गुरुकुलमका विद्यार्थी विवेक प्रथम

0

चितवन, भदौ, २९ ।
राष्ट्रिय बाल दिवसको अवसरमा सिनर्जी एफएममा बाल कवि सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा महेश संस्कृत गुरुकुलमका विद्यार्थी विवेक पराजुली प्रथम, आद्धित्य आचार्य द्धितीय र नारायणी नमुना माध्यमिक बिद्यालयकी सुवेच्छा लामा तृतीय भएकी छन् । प्रथम, द्धितीय र तृतीय हुनेलाई कार्यक्रमको सहयोगी मनकामना बुक्स एण्ड स्टेशनरीले पुरस्कारको व्यबस्था गरेको थियो । एफएमकै परिसरमा सम्पन्न प्रतियोगितामा चितवन सहित छिमेकी जिल्लाका विद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेले बताउनुभयो ।

कार्यक्रमको सिनर्जी एफएम र एफएम कै अफिसियल फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो । चितवनको पहिलो रेडियो स्टेसन सिनर्जी एफएमले बाल दिवसको अवसर पारेर सदाको वर्षझैँ यसबर्ष पनि बालकबि सम्मेलन आयोजना गरेको हो ।

यसैबिच, आज राष्ट्रिय बाल दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । दिवसको अवसरमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयले अलग–अलग कार्यक्रम आयोजना गर्दैछन् । सरकारले भदौ २९ गतेलाई बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक बर्ष बाल दिवस मनाईदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन । देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन् ।

Share.

Leave A Reply