play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

साउदीमा तेल र ग्यास उत्पादनमा कटौती

0

भदौ, २९ ।
साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा कटौती गरेको छ । सरकारी स्वामित्वमा रहेका अरामकोकास्थित दुईवटा तेल कम्पनीमा ड्रोन आक्रमण भएपछि साउदीले तेल र ग्यास उत्पादनमा कटौती गरेको हो । साउदीका उर्जामन्त्री प्रिन्स अब्दुलाजीज बीन सलमानले तेलको उत्पादनमा प्रतिदिन ५ दशमलव ७ मिलियन ब्यारलले कटौती गरेको जानकारी दिएका छन् । यमनका हुथी विद्रोहीका प्रवक्ताले तेल कम्पनीमा भएको आक्रमणको जिम्मा लिएका छन् । उनले आक्रमणमा १० वटा ड्रोन प्रयोग भएको बताएका छन् । तेल कम्पनी र प्रशोधन केन्द्रमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी भएको थियो ।उक्त तेल प्रशोधन केन्द्र संसारकै सबैभन्दा विशाल तेल प्रशोधन रहेको र सो प्रशोधन केन्द्रहरुबाट दिनको १५ लाख ब्यारेल कच्चा तेल उत्पादन हुँदै आएको थियो ।

Share.

Leave A Reply