play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आज राष्ट्रिय बाल दिवस: सिनर्जी एफएमको आयोजनामा आज बाल कबि सम्मेलन हुदै

0

भदौ २९, आज राष्ट्रिय बाल दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । दिवसको अवसरमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयले अलग–अलग कार्यक्रम आयोजना गर्दैछन् । सरकारले भदौ २९ गतेलाई बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक बर्ष बाल दिवस मनाईदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन ।देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन् । उनीहरुका अनुसार, काठमाडौंमा रहेका सडक बालबालिकाको अवस्था पनि उस्तै छ ।
यसैबीच दिवस कै अवसरमा सिनर्जी एफएमले आज बाल कवि सम्मेलन गर्दै छ । एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेलका अनुसार प्रतियोगितामा चितवन सहित छिमेकी जिल्लाका विद्यालयका बिद्यार्थीहरुको सहभागिता रहनेछ । कार्यक्रम बिहान ११ बजेबाट सिनर्जी एफएमकै परिसरमा सुरु हुनेछ । प्रतियोगितामा बिजयी हुनेलाई पुरस्कृत गरिने जनाइएको छ । कार्यक्रमलाई मनकामना बुक्स एण्ड स्टेशनरी सिनर्जी चोकले सहयोग गरेको छ । कार्यक्रमको सिनर्जी एफएमका साथै एफएम कै अफ़िसिएल फेसबुक पेजबाट समेत  प्रत्यक्ष प्रसारण गरिने छ । चितवनको पहिलो रेडियो स्टेसन सिनर्जी एफएमले बाल दिवसको अवसर पारेर सदाको वर्षझैँ यसबर्ष पनि बालकबि सम्मेलन कार्यक्रम आयोजना गरेको हो ।

Share.

Leave A Reply