play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

कांग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मूर्खता -देउवा

0

भदौ २८ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले राजा फर्काउन खोजेको भन्नेहरुलाई मूर्खको संज्ञा दिएका छन् । आज दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीमा छलफल नै नभएको कुरामा कांग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मूर्खता सिवाए केही नभएको स्पस्ट पारे । जनजागरण अभियानको सफलता देखेर अत्तालिएका कम्युनिस्टहरूले बाँकेमा कांग्रेसको कार्यक्रममा आक्रमण गरेर आफ्नो चरित्र उदांगो पारेको उनको भनाइ थियो । सभापति देउवाले भ्रष्टाचारको पोल खुल्ने डरले अत्तालिएकै कारण कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेको जिकिर गरे । उनले दोषीमाथि कारबाही नहुँदासम्म कांग्रेस चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।

Share.

Leave A Reply