play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

प्रधानमन्त्री ओली रहुन्जेल अध्यक्षमै रहेर पार्टीको काम गर्छु- अध्यक्ष दाहाल

0

भदौ, २८ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार संचालन गरुन्जेल आफू अध्यक्ष नै रहने बताएका छन् । आज बिहान इलाममा भएको पत्रकार सम्मेलनका क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । छलफल र सहमतिले नै पार्टी एकीकरण भएको भन्दै अब पनि सहमतीकै आधारमा आफू अध्यक्ष भएर नै पार्टी चलाउने बताएका छन् । उनले सहमति अनुसार अघि बढ्ने बताए । पार्टी एकीकरणको कामले गर्दा सरकारप्रति जनताको गुनासो आउनु स्वभाविक भएको उल्लेख गर्दै उनले जनतालाई निरास नबन्न आग्रहसमेत गरेका छन् । अध्यक्ष दाहालले जनचाहना र भावना अनुसार अघि बढ्ने सरकार कुनै पनि हालतमा प्रेस विरोधि हुन नसक्ने समेत बताए ।

Share.

Leave A Reply