play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

साउदी अरबका दुई तेल कम्पनीमा ड्रोनबाट आक्रमण

0

भदौ,२८ ।
साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामको दुई ओटा प्लान्टमा ड्रोनबाट आक्रमण गरिएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि पनि साउदी अरबको पूर्वी भागमा रहेको साउदी अरामको दुई ओटा प्लान्टमा विस्फोट र आगलागीको खबर आएको थियो । यद्यपि त्यसमा आगलागीको कारण बताइएको थिएन । साउदी अराम साउदी अरबको राष्ट्रिय पेट्रोलियम र पाकृतिक ग्यास कम्पनी हो । राजस्वको मामिलामा यो विश्वको कच्चा तेलको सबैभन्दा ठूलो कम्पनी हो । दुबईमा रहेको प्रसारणकर्ता अल–अरबियाले यो घटनासँग जोडिएको एउटा भिडियो देखाएको थियो, जुन भिडियोमा आगो लागेको र गोली चलेको आवाज आइरहेको छ ।

Share.

Leave A Reply