भदौ २७ ।
सरकारी अस्पतालको सेवा विस्तार एवं सुदृढीकरणका लागि प्रदेश नं ३ सरकारले आठ जिल्ला अस्पतालका लागि रु नौ करोड ५० लाख बजेट विनियोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयले अस्पतालको सेवा विस्तार गरी सुविधासम्पन्न गराउने लक्ष्यसहित सो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । जिल्लाका अस्पतालबाट अधिकतम गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने उद्देश्यले गत आर्थिक वर्षदेखि यो कार्यक्रम ल्याइए पनि कार्यान्वयन भने चालू आर्थिक वर्षबाट हुने बताइएको छ । आव २०७६र७७ का लागि भक्तपुर अस्पताललाई रु एक करोड ५० लाख, हेटौँडा अस्पताललाई रु एक करोड ५० लाख, त्रिशूली अस्पताल नुवाकोटलाई रु एक करोड २५ लाख, चौतारा अस्पताल सिन्धुपाल्चोकलाई रु एक करोड, धादिङ अस्पताललाई एक करोड २५ लाख, रामेछाप अस्पताललाई रु एक करोड, रसुवा अस्पताललाई रु ७५ लाख र सिन्धुली अस्पतालाई रु एक करोड २५ लाख बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अस्पतालहरुमा न्यूनतम सेवा मापदण्डअनुसारको निर्दे्शिका मन्त्रालयबाट पठाएपछि अस्पतालले सेवा थप गर्ने योजना बनाएर सुदृढीकरणका लागि योजना बढ्ने बताइएको छ ।
प्रदेश नं ३ सरकारद्धारा आठ जिल्ला अस्पतालका लागि रु नौ करोड ५० लाख बजेट विनियोजन
0
Share.