play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

चितवनमा १ हजार ६२१ जना डेंगु संक्रमित

0

चितवन, भदौ, २७ ।

चितवनमा अहिलेसम्म एक हजार ६२१ जनामा डेंगुको संक्रमण देखिएको छ । स्वास्थ्य कार्यलय चितवनले जनाएको छ । स्वास्थ्य कार्यालय, चितवनका भेक्टर कन्ट्रोल निरिक्षक रामकुमार केसीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा सात हजार १७८ जनाको परीक्षण गरिएकोमा एक हजार ६२१ जनामा डेंगुको संक्रमण देखिएको छ । संक्रमितमध्ये ६० प्रतिशत पुरुष रहेका छन् । भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज र अन्य विभिन्न अस्पतालहरुमा अहिले भाइरल ज्वरोलगायत डेंगुसँग लक्षण मिल्ने सयौं बिरामीहरुको घुइँचो लागेको छ । विषेगरी व्यस्त रहने नारायणगढ, पोखरा बसपार्क क्षेत्रमा कवाडी सेन्टर, ग्यारेज, अटो सेन्टर रहेकाले यस क्षेत्रमा बढी डेंगु संक्रमित फेला परेका छन । नारायणगढस्थित कमलनगरमा रहेको नवीन सर्भिस सेन्टरका आधा दर्जनभन्दा कामदारलाई डेंगु लागेपछि सेवा प्रभावित भएका छन् । यसैबीच भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई एक हजार किट उपलब्ध गराएको छ । डेंगुले महामारीको रुप लिएपछि किट अभाव हुँदा बिरामीको उपचार नै प्रभावित भइरहेको अवस्थामा महानगरपालिका प्रमुख रेणु दाहालले अस्पतालका मेडिकल सुपरिटेन्डन्ट श्रीराम तिवारीलाई किट हस्तान्तरण गरेका हुन् । अस्पतालमा दैनिक करिब २०० किट आवश्यक पर्ने गरेको अस्पतालले जनाएको छ ।

Share.

Leave A Reply